पूर्वआईजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश
काठमाडौं । पूर्वआईजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् ।
नेपाल प्रहरीको ३० वर्षे सेवाबाट अवकाश पाएका खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमबीच एमाले प्रवेश गराएका हुन् ।
खनाल लगायत अन्य ३ जनालाई पार्टी प्रवेश गराउँदै ओलीले सरकार तानशाही बाटोतर्फ अघि बढेको र गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठानेको बताएका छन् ।
‘यो अहंकारी गठबन्धनले राष्ट्रपतिलाई विधेयकबारे कुनै जानकारी गराउँदैन । संविधानले अनिवार्यरुपमा जानकारी गराउनुपर्छ भन्छ तर यो गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठान्छ । संविधान र कानुनको पालना नगरेर बुद्धिको होइन मसलका कुरा गरेर यो गठबन्धन तानाशाही बाटोतर्फ अघि बढेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको कदमको बचाउ गर्दै ओलीले सत्ता गठबन्धनलाई एमालेले प्रतिनिधिसभाको निर्वाचनबाट हटाउने बताएका छन् ।
खनालसँगै बिहिबार विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मिया, राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, जसपाका नेता होरिलाल चौधरीलगायत एमालेमा प्रवेश गरेका छन् ।
कार्यक्रममा महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरूको उपस्थिति थियो ।
खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी समेत दिने भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पूर्वआईजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश, #सर्वेन्द्र खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्