४ बर्षीया बालकको अपहरणमा संलग्न रहेको आरोपमा एक महिला पक्राउ
चितवन । ४ बर्षीया बालकलाई अपहरण गरेको आरोपमा चितवन प्रहरीले एक भारतीय नागरिकलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत देश रहसी गाउँ बस्ने अन्दाजी ३८ बर्षीया अनिता पाल रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ परेकी पालले हिजो (मंगलबार) दिउँसो साँढे १२ बजेको समयमा भरतपुर महानगरपालिका वडा नंम्बर १७ गञ्जनगरस्थितमा बालकलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकी पालविरुद्ध सम्मानित चितवन जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा ४ दिनको म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीको सक्रियता बढे संगै चितवन प्रहरीले सफलता समेत हात पार्दै गएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्