रुसले रिजर्भ सैनिकलाई युद्धमा डाकेसँगै विश्वयुद्धको खतरा बढ्यो
काठमाडौं । रुसले रिजर्भ सैनिकलाई युद्धमा डाकेसँगै विश्वयुद्धको खतरा बढेको छ । आज देशवासीका नाममा सम्बोधन गर्दै रुसी राष्ट्रपति भ्लादिभिर पुटिनले रिजर्भ सैनिकको परिचालनको घोषणा गरेका हुन् ।
पुटिनले पश्चिमा सैनिक संयन्त्र युक्रेनमा केन्द्रित भएकाले अवस्था संवेदनशील भएको बताएका छन् । उनले सैनिक सेवाबाट अवकाश पाएकाहरुलाई पनि युद्धमा परिचालन गरिने बताएका छन् । तत्काल ३ लाख रिजर्भ सैनिकलाई युद्धमा बोलाइने उल्लेख छ ।
यसअघि अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसलाई आणविक हतियार प्रयोग गरेर गम्भीर परिणाम झेल्नुपर्ने चेतावनी दिएका थिए । उनले दोस्रो विश्वयुद्ध भन्दा पनि गम्भीर परिणामको चेतावनी दिएका थिए । रुसले आणविक अस्त्र तयारी अवस्थामा राखेको छ । आणविक फौज शतर्क अवस्थामा छ ।
रुसको पछिल्लो कदमले सँसार खतरनाक युद्धतर्फ धकेलिन लागेको संकेतहरु गरिएको छ । सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुसिसले मङ्गलबार दोस्रो विश्वयुद्धपछिको खतरनाक द्वन्द्वमा सँसार पुग्न लागेको चेतावनी दिएका थिए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #hot, #भ्लादिभिर पुटिन, #रुसले रिजर्भ सैनिकलाई युद्धमा डाकेसँगै विश्वयुद्धको खतरा बढ्यो], #विश्वयुद्धको खतरा बढ्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्