अछामको पहिरो पीडितलाई गाउँपालिकाको पाँच लाख २५ हजार सहयोग
अछाम । गत भदौ ३१ गते राती पहिरोमा परी ज्यान गुमाएकाका आफन्तलाई अछामको तुर्माखाँद गाउँपालिकाले राहत रकम प्रदान गरेको छ ।
पहिरो पीडितलाई गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले पहिरोग्रस्त क्षेत्र वडा नम्बर ५ को काडाचौर पुगेर राहत रकम उपलब्ध गराउनुभएको हो ।
गाउँपालिकाले पहिरोमा परेर ज्यान गुमाएका ९ जनाका परिवारलाई प्रतिपरिवार ५० हजारका दरले रकम उपलब्ध गराएको छ । साथै किरिया खर्च स्वरूप २५ हजारका दरले गरी पाँच लाख २५ हजार रुपैयाँ स्थानीय सरकारका तर्फबाट सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष बिसीले बताउनुभयो ।
पहिरोमा परी तुर्माखाँद ५ का दुईवटा घर पूर्ण रूपले क्षतिग्रस्त भएका छन् । अन्य १० वटा घरहरू पहिरोको उच्च जोखिममा रहेकाले बस्ती नै सार्नुपर्ने अवस्था छ ।
अध्यक्ष बिसीले सहयोगका लागि प्रदेश सरकार, संघ सरकार सहित पक्षसँग आग्रह गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अछामको पहिरो पीडितलाई गाउँपालिकाको पाँच लाख २५ हजार सहयोग, #तुर्माखाद गाँउपालिका, #पहिरो पीडित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्