गोरखाको कुन पालिकामा कति मतदाता ? हेर्नुहोस् तालिकासहित
गोरखा । आगामि मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गोरखाका दुईलाख २० हजार ६३७ मतदाताले मतदान गर्दैछन् । क्षेत्र नं. १ मा एकलाख १५ हजार ३९७ र क्षेत्र नं. २ मा एकलाख पाँच हजार २४० मतदाताले मतदान गर्न पाउने भएका निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।
जसमध्य क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र कबाट ६० हजार ७४४ जना, प्रदेश क्षेत्र नं. ख बाट ५४ हजार ६५३ जनाले मतदान गर्न पाउने भएका छन् । त्यस्तै क्षेत्र नं. २ को प्रदेशसभा क्षेत्र क बाट ५० हजार ३७६ जना र खबाट ५४ हजार ८६४ जनाले मतदान गर्न पाउने कार्यालयले जनाएको छ ।
गत स्थानीय तह निर्वाचनमा दुईलाख १८ हजार ५६३ मतदाता रहेकामा यसपटक दुईहजार ७४ मतदाता बढेर दुईलाख २० हजार ६३७ भएका हुन् ।

कार्यालयबाट प्राप्त तथ्यांकअनुसार यसपटक चुमनुब्री गाउँपालिकामा पाँचहजार १९४ जना मतदान कायम भएका छन् । धार्चे गाउँपालिकामा १० हजार ८९६ र आरुघाटमा १८ हजार ७६९ मतदाता कायम भएका छन् ।
त्यस्तै भीमसेनथापा गाउँपालिकामा १९ हजार ८३९ र गण्डकी गाउँपालिकामा १८ हजार ५७४ जना मतदाता कायम भएका छन् । त्यस्तै सहिद लखन गाउँपालिकामा २३ हजार ९७० र गोरखा नगरपालिकाको वडा नं. १ देखि ७ सम्म १८ हजार दुईसय मतदाता कायम भएका छन् ।
त्यस्तै गोरखा नगरपालिकाकै वडा नं. ८ देखि १४ सम्म १७ हजार ५४८ र पालुङ्टार नगरपालिकामा ३२ हजार ८२८ मतदाता कायम भएका छन् । त्यस्तै सिरानचोक गाउँपालिकामा २१ हजार ४५२, अजीरकोट गाउँपालिकामा १२ हजार सातसय र बारपाक सुलीकोट गाउँपालिकामा २० हजार ७१२ जना मतदाता कायम भएका छन् ।
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि गोरखामा दुईसय २२ मतदानस्थल र तीनसय १७ मतदानकेन्द्र निर्धारण गरिएको निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।
दरौँदी दैनिक
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #गोरखाको कुन पालिकामा कति मतदाता, #प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्