पश्चिम चितवनबाट लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित ६ जना पक्राउ
लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित ६ जना प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका वडा नंम्बर १५ बस्ने २२ बर्षीया सन्तोष परियार, भरतपुर महानगरपालिका वडा नंम्बर १९ बस्ने २२ कै यम बहादुर आले मगर, लम्जुङ घर भई हाल भरतपुर महानगरपालिका वडा नंम्बर २० बस्ने ३० बर्षीया तुल बहादुर गुरुङ, भरतपुर महानगरपालिका वडा नंम्बर १५ बस्ने २३ बर्षीया प्रशन्न गुरुङ, देवचुली नगरपालिका वडा नंम्बर १५ घर भई हाल भरतपुर महानगरपालिका वडा नंम्बर १५ बस्ने बर्ष २३ कै चेत बहादुर क्षेत्री, भरतपुर महानगरपालिका वडा नंम्बर २७ मेघौली बस्ने बर्ष ३६ बर्षीया सुरेश महतो रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले स्टिलको थाल दुई थान, अर्ध जलेको अवस्थामा ९ थान (रु ५ को रु १० को गरेर ६०, लाईटर ४ थान, चुरोट १२ खिली साथै, टुक्रा पारेको अवस्थाको व्लेड ८ थान, टुक्रा, सिक्का ३ वटा, प्लाष्टिकको स-साना टुक्रा काटी पुरीया बनाई प्याकिङ गरी राखेको अवस्थामा १५५ वटा पुरियामा लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १० ग्राम ५०० मिलिग्राम (दश ग्राम पाँच सय मिलिग्राम) सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त प्रहरी प्रमुख बिजयराज पण्डितले जानकारी दिए ।
उनीहरुलाई सोमबार राती ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलिले भरतपुर महानगरपालिका वडा नंम्बर १५ सुर्यनगर च्यानडाँडास्थितबाट पक्राउ गरेको पण्डितले जानकारी दिए । पक्राउ परेकाहरु विरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्