महाअभियोग छानबिन प्रतिवेदन ‘कथित प्रतिवेदन: उपाध्यक्ष नेम्वाङ
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले महाभियोग छानविनको प्रतिवेदनलाई ’कथित प्रतिवेदन’ को संज्ञा दिएका छन् । सोमबार सिंहदरबारमा हिमालयन न्युज एजेन्सीसंग कुरा गर्दै नेम्वाङले कसैसंग छलफल नगरि एकलौटी ढंगले तयार गरिएको समितिको प्रतिवेदन ’कथित प्रतिवेदन’ भएको टिप्पणी गरेका हुन् ।
निलम्वित प्रधानन्यायधिश चोलेन्द्र शम्शेर जबरामाथिको महाभियोगका क्रममा समितिका सवै सदस्यबीच प्रमाणको छलफल, बयानको छलफल हुनुपर्ने भएपनि त्यसो हुन नसकेको उनले बताए । नेम्वाङले प्रतिनिधिसभाको कार्यकाल समाप्त भएका कारण प्रतिवेदन संदनमा पेश हुन नसक्ने अवस्थामा पुगेको उल्लेख गरे ।
पासै नभएको प्रतिवेदनलाई आधार बनाएर जबरालाई निवासबाट निस्कन नदिनु लज्जास्पद भएको उनको भनाई छ । उनले गिरफ्तार गरेसरह सरकारले जबरालाई निबासमा राख्नु कानूनी मूल्यमान्यता बिपरित रहेको पनि बताए । त्यस्तै, नेम्वाङले एउटा प्रतिनिधिसभाको कार्यकालमा तयार भएको प्रतिवेदन संसदको अर्को कार्यकालले निरन्तरता दिन नसक्ने स्पष्ट पारे ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले, #सुवास नेम्वाङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्