संबिधान दिवसमा संखुवासभामा ६ जना कैदि बन्दी रिहा
संखुवासभा – असोज ३ – संबिधान दिवसको अवसरमा संखुवासभाको खाँदबारी कारागारमा रहेका ६ जना कैदि बन्दी रिहा भएका छन् ।
रिहा हुनेहरुमा चैनपुर ३ का देवीमायाँ तामाङ्ग, खाँदबारी ३ का कमल दर्जी, चैनपुर नगरपालिका ५ का दोर्ची शेर्पा, पाँचखपन ३ का रोय भनिने डम्बर सिंह बिश्वकर्मा, मकालु ३ का साने भनिने निमातेम्बा शेर्पा र छथर गाउँपालिका ३ तेह्रथुमका तोर्णप्रसाद न्यौपाने रहेको जिल्ला कारागार संखुवासभाका जेलर बिनोद अधिकारीले जानकारी दिनुभयो ।
आज उनिहरुलाई एक कार्यक्रमका बिच आफन्तको जिम्मा लगाईएको जेलर अधिकारीले बताउनुभयो । आज रिहा गरिएका ६ जना मध्ये चैनपुर ५ का दोर्ची शेर्पाले सवारी ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका थिए भने अन्य पाँचै जना कर्तब्य ज्यान मुद्धामा कैद सजाँय भोगिरहेका थिए ।
उनिहरुले कैद सजाँयको ५० प्रतिशत भुक्तानी गरिसकेको र उनिहरुको आचरणमा उल्लेख्य सुधार देखिएको जेलर बिनोद अधिकारीले बताउनु भयो ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #hot, #कैदिबन्दी छुटे, #जिल्ला कारागार संखुवासभा, #बिनोद अधिकारि, #संविधान दिवस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्