बाँकेमा भएका छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु
बाँके । बाँकेमा भएका छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
राप्तीसोनारी गाउँपालिकामा करेन्ट लागेर एक जना र कोहलपुर नगरपालिकामा नहरमा डुबेर एक जनाको मृत्यु भएको हो ।
राप्ती सोनारी गाउँपालिका–८ सम्शेरगञ्जमा करेन्ट लागेर स्थानीय ७३ वर्षीय बुद्धिमान लामाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।
लामालाई पानी तान्ने मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उहाँको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।
यस्तै सिक्टा सिँचाई आयोजनाको नहरमा डुबेर कोहलपुर– ८ का ११ वर्षीय बालक आकाश गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बाँकेमा भएका छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्