जबराको निवास खाली गर्न निर्देशन दिने गृहको तयारी
काठमाडौं । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सरकारी निवासमा आजपनि प्रहरीको निगरानी कायमै रहेको छ । हिजोबाट प्रहरीले निवासमा निगरानी बढाएको हो । जबरा संसद्को कार्यकाल सकिएसँगै आफूविरुद्ध लागेको महाभियोग स्वतः खारेज भएको भन्दै अदालत फर्कन खोजेपछि प्रहरीले उनीमाथि अवरोध पुर्याएको चर्चा छ ।
जबरा आँफैले आफूलाई नजरबन्द गरिएको प्रतिक्रिया दिएपछि राष्ट्रिय मानवअधिकार आयोगको टोली पनि स्थलगत अध्ययनको लागि जबरा निवास पुगेको थियो । आयोगले साँझ विज्ञप्ती जारी गरेर जबरालाई अवरोध नगर्न सरकारसमक्ष आग्रह गरेको थियो ।
त्यसको भोलिपल्ट आजपनि जबराको निवासमा प्रहरीको निगरानी कायमै रहेको बताईएको छ । जबराको सुरक्षार्थ खटिएका गार्ड पनि सरकारले फिर्ता बोलाएको छ । गृह मन्त्रालयले केही दिनभित्रै जबरालाई सरकारी निवास खाली गर्न निर्देशन दिने तयारी गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चोलेन्द्र शमशेर जबरा, #जबराको निवास खाली गर्न निर्देशन दिने गृहको तयारी, #प्रधानन्यायाधीश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्