नेपाली सेनाद्वारा दशैंलक्षित गरी निःशुल्क हवाई तथा स्थल यातायात सेवा सञ्चालन
काठमाडौं । नेपाली सेनाले आगामी दशैंलाई लक्षित गरी निःशुल्क हवाई तथा स्थल यातायात सेवा सञ्चालन गरेको छ ।
नेपाली सेनाले प्रदान गर्दै आइरहेको विभिन्न कल्याणकारी सेवा–सुविधाअन्तर्गत भदौ २९ गतेदेखि नै यो सेवा सञ्चालनमा छ । यो सुविधा आगामी १८ गते अर्थात् महानवमीको दिनसम्म जारी रहने नेपाली सेनाले जानकारी दिएको छ ।
नेपाली सेनाद्वारा सञ्चालित सेवा सेनाका सकलदर्जा तथा आश्रित परिवारहरूले आ–आफ्नो गन्तव्य स्थलसम्म पुग्न प्रयोग गर्न पाउने छन् ।
सडक सञ्जारलको सहज पहुँच पुगेका स्थानहरुमा स्थलमार्गबाट र सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी तथा हिमाली क्षेत्रहरुमा हवाई उडान सञ्चालन गर्ने योजना नेपाली सेनाको छ ।
हालसम्म हवाई उडानमार्फत १३४ जना एवम् आश्रित परिवारहरु लाभान्वित भइसकेको तथा स्थलमार्गबाट प्रदान गरिने सेवा आगामी मंगलबारदेखि शुरू गरिने पनि सेनाले जनाएको छ ।
गत वर्ष यस सुविधाअन्तर्गत हवाई उडानमार्फत ११२ जना र स्थलमार्गबाट १ हजार ३४० जना गरी जम्मा १ हजार ४५२ जनाले यो सुविधा प्रयोग गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #निःशुल्क हवाई तथा स्थल यातायात सेवा सञ्चालन, #नेपाली सेना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्