नेकपा (माओवादी केन्द्र)ले सोमबार मात्रै समानुपातिकतर्फको बन्द सूची बुझाउने
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आजको बैठकमा समानुपातिक तर्फको उम्मेदवारको बन्द सूचीका बारेमा छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।
सोमबार बिहान बस्ने बैठकमा समानुपातिकतर्फको सूची निश्चित गर्ने आज बसेको पदाधिकारी बैठकले निर्णय गरेको छ ।
सङ्घीय तथा प्रदेशसभाका लागि प्रदेश र जिल्लाबाट सिफारिस भएका नाममाथि छलफल गरी निष्कर्ष निकाल्नका लागि केही छलफल गर्नुपर्ने भएकाले थप समय लागेको बताइएको छ ।
निर्वाचन आयोगले आज र भोलिसम्म समानुपातिकतर्फको सूची बुझाउने कार्यतालिका तय गरेको छ ।
माओवादी केन्द्रका नेता गणेश साहका अनुसार सोमबार बिहान बस्ने पदाधिकारी बैठकले आवश्यक निर्णय गर्नेछ ।
जिल्ला र प्रदेशबाट आएका नाममाथि मसिनो गरी छलफल गरेर आवश्यक निर्णय गरिने माओवादीले जनाएको छ । रासस
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा ( माओवादी केन्द्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्