Techie IT
बिहीबार, वैशाख १७,२०८३

 ई–सिम लिनेको भिडभाड


काठमाडौं । नेपाल टेलिकमले गत शुक्रबारबाट ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण गर्न थालेको छ । नेपाल टेलिकमदूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट भदौ ३१ शुक्रबारबाट ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण गर्न थालेको हो । ई–सिम वितरण गर्न थालेपछि सुन्धारा काउन्टरमा ग्राहकको भिडभाड बढ्न थालेको छ ।
टेलिकमको सुन्धारा काउण्टरले शुक्रबार ५० जनालाई ई–सिम कार्ड वितरण गरेको थियो । कार्यालयले सिम वितरण गर्दा कर्मचारी र ग्राहकहरुलाई समस्या नपरोस् भन्दै आईतबार २०० वटा सिम बाडेको कार्यालय प्रमुख सरिता महर्जनले जानकारी दिईन् । उनले दुई सयलाई प्रमुख प्राथमिकता दिएर काउण्टरमा धेरै भिड नहुने गरि वितरण गरिरहेको र सो भन्दा बढी पनि वितरण गर्ने बताईन् ।

“शुक्रबार सिष्टमा त्यस्तो समस्या नपरोस् भनेर ५० वटामात्र अगाडी बढायौं । अहिले दुईसय वितरण गरिराछौं । दुईसय भन्दा बढी पनि दिन्छौं, अनलिमिटेड नै दिन सक्छौं । तर, एउटै काउण्टरमा भार पर्दा ग्राहकहरु धेरै बेर पर्खन पर्ने अनि कस्टुमर केयरमा बस्ने साथीहरुलाई पनि धेरै लोड नपरोस् भनेर अहिले लाईनमा बसेकाहरुलाई दुईसयबटा कुपन बाढिँसकेका छौं । त्यो भन्दा बढी पनि हामील सक्यौं भने दिन्छौं । पहिले २०० लाई पहिलो प्राथमिकता दिएर हामीले काउण्टरमा धेरै भिड नहुने गरि वितरण गरिरहेका छौं ।”
महर्जनले कोटा अनुसार नभई अनलिमिटेड सिम वितरण गर्न सकिने बताईन् । अन्य काउण्टरबाट पनि सिम वितरण गर्न केन्द्रीय कार्यालयमा आग्रह गरेको र अन्य काउण्टरबाट वितरण भए ग्राहकले सजिलै सिम पाउने उनको भनाई छ ।

“हामीले कोटा अनुसार होइन्, हामीले अनलिमिटेड नै दिन सक्छौं । अरु काउण्टरबाट पनि वितरण गर्नको लागि मुख्य कार्यालयमा आग्रह गरेका छौं । एउटा काउण्टरमा मात्र भार नपारी २–४ वटा अन्य काउण्टरबाट वितरण गरियो भने ग्राहकले सजिलै सिम पाउनुहुन्छ । हामीले विस्तारै हरेक दिन नियमित आधारमा दिँदै गरिरहेका हुन्छौं ।”
आईतबार बिहान कार्यालय समयअघि नै ग्राहकको भिडभाड बढेको थियो । कार्यालयले भने पुरानै समय अनुसार काम सुरु गरेको र दिनभर वितरण गर्ने जनाएको छ ।
ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार भौतिक सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिनेछ ।
नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने र नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने तत्कालैे ई सिम उपलब्ध नगराइने नेपाल टेलिकमले जनाएको छ ।ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिले देखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #ई–सिम लिनेको भिडभाड


तपाईको कमेन्ट लेख्नुहोस्