महाभियोगको कारबाहीको टुंगो नलागेसम्म जबरा सर्वोच्च फर्कन नपाउने
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा महाभियोगको कारबाहीको टुंगो नलागेसम्म कार्य सम्पादन गर्न नपाउने भएका छन् ।
संघीय संसदले गत फागुन १ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषदको कार्यालय, सर्वोच्च अदालत, जबरा लगायतलाई लेखेको पत्रमा महाभियोगको टुंगो नलागेसम्म काममा फर्कन नपाइने उल्लेख गरिएको छ ।
महासचिव डा.भरतराज गौतमद्धारा हस्तान्तर गरिएको पत्रमा नेपालको संविधानको धारा १०१ को उपधारा ६ मा महाभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको प्रधानन्यायाधीशले त्यस्तो कारवाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्यसम्पादन गर्न पाउने छैन भन्ने संवैधानिक व्यवस्था रहेको छ ।
प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम ९ मा महाभियोगको कार्य प्रारम्भ भएपछि आरोपित प्रधानन्यायाधीश जबराले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने व्यहोरा उल्लेख गरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चोलेन्द्र शमशेर जबरा, #महाभियोगको कारबाहीको टुंगो नलागेसम्म जबरा सर्वोच्च फर्कन नपाउने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्