महाभियोगको कारबाहीको टुंगो नलागेसम्म जबरा सर्वोच्च फर्कन नपाउने

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा महाभियोगको कारबाहीको टुंगो नलागेसम्म कार्य सम्पादन गर्न नपाउने भएका छन् ।
संघीय संसदले गत फागुन १ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषदको कार्यालय, सर्वोच्च अदालत, जबरा लगायतलाई लेखेको पत्रमा महाभियोगको टुंगो नलागेसम्म काममा फर्कन नपाइने उल्लेख गरिएको छ ।
महासचिव डा.भरतराज गौतमद्धारा हस्तान्तर गरिएको पत्रमा नेपालको संविधानको धारा १०१ को उपधारा ६ मा महाभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको प्रधानन्यायाधीशले त्यस्तो कारवाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्यसम्पादन गर्न पाउने छैन भन्ने संवैधानिक व्यवस्था रहेको छ ।
प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम ९ मा महाभियोगको कार्य प्रारम्भ भएपछि आरोपित प्रधानन्यायाधीश जबराले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने व्यहोरा उल्लेख गरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चोलेन्द्र शमशेर जबरा, #महाभियोगको कारबाहीको टुंगो नलागेसम्म जबरा सर्वोच्च फर्कन नपाउने
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्