काभ्रेस्थली कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न
काठमाडौं। काभ्रेस्थली वडा न।२ स्थित काभ्रेस्थली कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाको उद्घाटन प्रमुख अतिथी तार्केश्वर नगरपालिकाकी उपप्रमुख श्रृजना ब्रुलाकोटीले गर्नुभयो।
उपप्रमुख ब्रुलाकोटीले सहकारीले समाजमा उल्लेख्य योगदान गर्नसक्ने बताउनुभयो। उहाले सहकारीहरुले अब ठूलो परिणामको नतिजा दिनका लागि सहकार्य गर्नुपर्ने बताउनुभयो।
विशेष अतिथीका रुपमा नगर सहकारी कार्यालय प्रमुख तिर्थराज थापा मगर,अतिथीका रुपमा नगर कृषि कार्यालय प्रमुख मिना थापा,नगर पशु सेवा प्रमुख धनपती राय यादव,तार्केश्वर वडा न।२ का वडाध्यक्ष राधाकृष्ण खड्गी,काभ्रेस्थली स्वास्थ्य चौकी प्रमुख विजय कुमार देव,स्वयमसेवी रक्तदाता समाजका अध्यक्ष राधेश्याम फुयाल ‘शर्मा’ लगायतको उपस्थिति थियो।
संस्थाका अध्यक्ष रामसुदन भण्डारीको सभापतित्वमा सम्पन्न सभामा उहाँले नै वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदन अनुसार संस्थाले गत आर्थिक वर्षमा निक्षेप रु दुई करोड तेईस लाख एकासी हजार सात सय त्रियासीबाट वृद्धि भई दुई करोड पचहत्तर लाख अडचालिस हजार पाँच सय अन्ठाउन्न ९२३।०८ प्रतिशत ० वृद्धि भएको छ। लक्ष्मी बिडारी र शरदचन्द्र अधिकारीलाई उत्कृष्ट बचतकर्ताको रुपमा सम्मान गर्ने क्रममा साधारण सभाको अवसरमा संस्थाले उत्कृष्ट ऋणीलाई सम्मान गरेको छ।
उत्कृष्ट समूह बचतमा सर्वकल्याणेश्वर महिला सशक्तीकरण कृषक समुहलाई सम्मान प्रदान गरियो। उत्कृष्ट मासिक बचत समुहमा नयाँबस्ती ढकालटारलाई प्रदान गरियो।उत्कृष्ट समूह व्यक्तिगत बचतमा लक्ष्मीनारायण महिला सशक्तीकरण कृषक समुहलाई सम्मान प्रदान गरियो।
उत्कृष्ट व्यक्तिगत मासिक बचतमा बिष्णु प्रसाद लामीछानेलाई सम्मान प्रदान गरियो। उत्कृष्ट महिला समूह संख्या सम्मिलित भण्डारी गाउँ महिला सशक्तीकरण समूहलाई सम्मान प्रदान गरियो। उत्कृष्ट कर्जा लगानी सबल महिला सशक्तीकरण कृषक समूहलाई प्रदान गरियो।
उत्कृष्ट कर्जा लगानी ऋण कुमार खड्गी र राम बिकलाई प्रदान गरियो। कार्यक्रममा बिशेष अतिथी शखरापुर नगरपालिका प्रमुख सुबर्ण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #hot, #काभ्रेस्थली कृषि सहकारी, #तार्केश्वर नगरपालिका, #श्रृजना ब्रुलाकोटी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्