सामाजिक सोच र मनस्थितिले गर्दा आत्माहत्या गर्ने पुरुषहरुको संख्या बढी छ :उपमेयर डंगोल
काठमाडौं । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले समाजिक सोच र मनस्थितिले गर्दा आत्माहत्या गर्नेहरुमा पुरुषहरुको संख्या बढी रहेको बताएकी छिन् ।
खासगरी पुरुषहरु सामाजिक सोचका कारण आफुलाई गाह्रो भईरहेको कुरा मनभित्र दवाएर राख्ने र अरुलाई नबताउने हुँदा आत्महत्याको गलत बाटो रोज्ने गरेको पाइएको उनले सुनाईन ।
“सबैभन्दा धेरै आत्माहत्या गर्नेको संख्या मध्य पुरुषको संख्या धेरै छ । हाम्रै समाजिक परिवेशबाट लोग्ने मान्छे भएर रुनुहुन्न भनेर सिकाईन्छ । यसको मतलब जति सुर्कै गाह्रो भएपनि मनमा दवाएर राख्नु अरुलाई नदेखाउनु भनेको हो । यो समाजिक सोचले पनि धेरै जनाको ज्यान गएको छ । आफुलाई गाह्रो भईराख्दा र त्यसलाई अरुको अगाडी देखाउन नसक्दा हामी डिप्रेशनमा जान्छौं ।”
यो वर्ष ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ नाराका साथ विभिन्न कार्यक्रमहरु गरि विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै छ ।
हरेक वर्ष सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ। सन् २००३ सेप्टेम्बर १० मा भियनाबाट दिवस मनाउन सुरु गरिएको थियो ।
आत्महत्या भनेको जानीजानी आफूले आफैलाई मार्छु भन्ने विचार र सोचाइ आउनु, योजना बनाउनु, मौकाको खोजी गर्नु र वास्तविक रूपमा जीवन समाप्त पार्नु हो ।
विश्वमा प्रत्येक वर्ष ८ लाख मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक रहेको छ। प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्छन। १५ देखि २९ वर्ष उमेर समूहका मानिसको मृत्युको दोस्रो कारण आत्महत्या हुने गरेको छ।
पचहत्तर प्रतिशत कम तथा मध्यम आम्दानी भएका राष्ट्रमा आत्महत्याको जोखिम पाइन्छ। पुरुषहरूभन्दा महिलामा आत्महत्या प्रयास बढी भए पनि आत्महत्या गर्ने संख्या महिलाको भन्दा पुरुषको ३ गुणाले बढी छ। यसमा उमेर समूहको कुरा गर्दा १५ देखि २४ वर्षका बालबालिका, युवायुवती र वयस्क पर्छन् भने ७५ वर्ष भन्दा माथिकाले आत्महत्या गरेको पाइन्छ ।
एक जनाले आत्महत्या गर्दा अरू २५ जनाले आत्महत्याको प्रयास गरेको पाइन्छ। नेपालमा प्रत्येक महिना २४ जनाले आत्महत्या गर्छन् र यो विश्वमै सातौं उच्च दर हुन गएको छ। २०७६÷०७७ मा मात्र ६ हजार २ सय ४१ जनाले आत्महत्या गरेको तथ्यांक सार्वजनिक भएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौं महानगर, #सुनिता डंगोल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्