आफूलाई निवासमै सरकारले नजरबन्द गरेको भन्दै चोलेन्द्रको आक्रोश
काठमाडौं । निलम्बनमा परेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई निवासमै सरकारले नजरबन्द गरेको भन्दै आक्रोश पोखेका छन् । आज विहान ११ बजे सर्वोच्च अदालत फर्कने तयारीमा रहेका जबरालाई निवासमै रोकिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘प्रधानन्यायाधीशजस्तो व्यक्तिलाई नजरबन्द गरिनु लोकतन्त्रको उपहास हो । अनि नागरिक स्वतन्त्रता र अधिकार कसरी सुनिश्चित हुन्छ ?’ संसदको कार्यकाल सकिएको र महाभियोग सिफारिस समितिले शनिबार प्रतिवेदन बुझाएपछि उनी सर्वोच्च जाने प्रयासमा छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आफूलाई निवासमै सरकारले नजरबन्द गरेको भन्दै चोलेन्द्रको आक्रोश, #चोलेन्द्र शमशेर जबरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्