Techie IT
बिहीबार, वैशाख १७,२०८३

चोलेन्द्रलाई सर्वोच्च छिर्न नदिने नेपाल बारको निर्णय : सुरक्षा सतर्कता बढाइयो


काठमाडौं । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ ।

आज बिहान बसेको एशोसिएसनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश जबराले आफू माथिको महाअभियोगको कारबाही टुंगो नलाग्दै नियमित काममा फर्किन लागेको सूचना सर्वोच्चमा पठाएको भन्ने अपुष्ट समाचार सार्वजनिक भए पछि  सर्वोच्च अदालत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चोलेन्द्रलाई सर्वोच्च छिर्न नदिने नेपाल बार


तपाईको कमेन्ट लेख्नुहोस्