Techie IT
मंगलबार, मंसीर २,२०८३

एमाले बागमती प्रदेश प्रमुख सचेतक दिपक निरौलाद्धारा यातायात सेवा–सुविधा फिर्ता


काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी एमाले काठमाडौ जिल्ला अध्यक्ष तथा बागमति प्रदेश सांसद दिपक निरौलाले प्रदेश सरकारले उपलब्ध गराएको सेवा–सुविधा फिर्ता गरेका छन् ।

नेकपा एमाले प्रदेश सभा दलको मुख्य र प्रमुख सचेतक समेत रहेका निरौलाले पाएको यातायात सुविधा हिजो प्रदेश सभा कार्यालय हेटौडामा फिर्ता गरेका हुन ।

प्रदेश सभाको कार्यकालको अन्तिम दिनको कार्यक्रममा उहाँले महत्बपुर्ण भुमिका खेल्नु हुने आम मतदात, पार्टी कार्यकर्ता, पार्टी नेतृत्ब, दलको नेता, प्रदेश सभा सदस्यहरु र यस अवधिमाज़िम्मेबारीलाई सफल बनाउन सहयोग गर्नु हुने प्रदेश सरकारका कर्मचारी सुरक्षाकर्मि, पत्रकार अन्य दलका माननिय सदस्यहरु निर्बाचन क्षेत्र भित्रका बुढानिलकण्ठ, टोखा नगरपालिका, काठमाडौ माहानगर पालिकाका प्रमुख,उपप्रमुख ,बडा अध्यक्ष, कार्यपालिका सदस्य, बड़ा सदस्य, कर्मचारी, परिबारका सदस्य लगायत सम्पूर्णलाई आभार ब्यक्त गर्दै आम जनताको सेबामा समर्पित हुदै बिकाश निर्माणलाई निरन्तरता दिने बताउनु भएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #एमाले बागमती प्रदेश प्रमुख सचेत, #दिपक निरौलाद्धारा यातायात सेवा–सुविधा फिर्ता


तपाईको कमेन्ट लेख्नुहोस्