अछाममा विपत्तिका कारण भएको मानवीय क्षतिप्रति उपराष्ट्रपति पुनद्वारा दुःख व्यक्त
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले वर्षाका कारण अछामको विभिन्न स्थानमा आएको पहिरो र डुबानबाट ठूलो मानवीय र भौतिक क्षति भएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
अछामको मङ्गलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकालगायत स्थानमा आएको पहिरो तथा डुबानबाट ठूलो मानवीय क्षति भएकामा आफू स्तब्ध भएको उहाँले उल्लेख गर्नुभएको छ ।
उपराष्ट्रपतिले आज एक शोक सन्देशमार्फत पहिरो तथा डुबानका कारण निधन हुनुभएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँहरूका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
पहिरो तथा डुबानमा परी बेपत्ता हुनुभएकाको खोजमा सबै तहका सरकारले चालिरहेका कदमको सराहना गर्दै खोजी कार्यलाई अझै प्रभावकारी बनाउन उहाँले आग्रह गर्नुभएको छ । उहाँले पहिरोबाट विस्थापितका लागि पर्याप्त राहत र उचित बसोबासको व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।
मौसमविद्ले वर्षा अझै जारी रहने र बाढीपहिरो तथा डुबानको सम्भावना औँल्याइरहेकाले सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन उच्च सतर्कता अपनाउन र व्यवस्थित पूर्वतयारी गर्न उपराष्ट्रपतिले सबै पक्षलाई आग्रह गर्नुभएको छ । रासस
क्याटेगोरी : समाचार
ट्याग : #उपराष्ट्रपति नन्दबहादुर पुन, #नन्दबहादुर पुन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्