वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित (तस्बिरसहित)
कञ्चनपुर । लगातार दुई दिनदेखि भइरहेको वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ । बिहीबार बिहानैदेखि सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।
वर्षासँगै सुदूर तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीका केही बस्तीहरू डुबानमा परेका छन् भने पहाडी जिल्लाहरूका ठाउँ ठाउँमा पहिरोले भूक्षय गरेको छ । कञ्चनपुरका शुक्लाफाँटा, लालझाडी, बेलौरी, पुनर्वास र कृष्णपुरका केही बस्ती डुबानमा परेका छन् । किसानले लगाएको धान बाली, उखु बाली, तरकारी, फलफूल र तेलहन तथा दलहनमा समेत वर्षाले क्षति पुगेको छ ।
शुक्लाफाँटाको तिल्की र देखतभुली जोड्ने झोलुङ्गे पुल बनहरा नदिको बाढीले कटान गर्दा ढलेको छ । होचो ठाउँमा रहेका विद्यालय, स्वास्थ्य संस्था लगायतका सार्वजनिक स्थल तथा पसलहरूमा समेत पानी पसेर क्षति पुगेको खबर छ । मानव बस्तीमा बाढी पस्दा बढी प्रभावित मानव र पशु चौपायाको सुरक्षा निकाय, रेडक्रस तथा स्थानीयको टोलीले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ । मोहना, खुटिया, कान्द्रा, पथरिया, दोदा, सुनबरा, बनहरा, स्याली, चौधर लगायतका साना नदी तथा खोलाहरूमा आकस्मिक बाढी आई खतरा आसपास पुगेको छ ।
कैलालीको भजनी स्थित पथरिया नदीमा पानीको सतह बढ्न गई सोनाफाँटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलका करिब १५० घरधुरीमा पानी पसेको तथा कान्द्रा नदीमा पानीको सतह बढ्न गई मिलनपुर टोल, लालबोझी, पुलियापुर टोल, शिविर टोल, गणेशमान टोल र दक्षिणपुर्वा टोलका करिब ५०० घरधुरीमा पानी पसेको इलाका प्रहरी कार्यालय भजनी कैलालीले जनाएको छ । नदीको बहाव बढ्ने क्रम जारी रहेको तर हालसम्म मानवीय तथा पशु चौपाया क्षति, विस्थापित कोही नभएको बताइएको छ । अविरल वर्षाका कारण कैलालीको चुरे स्थित भीमदत्त राजमार्गमा सडक माथिबाट पहिरो खस्न गई बाटो अवरोध भएको र बाटो खोल्ने प्रयास भइरहेको इलाका प्रहरी
कार्यालय फल्टुडे कैलालीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्