टोखाको कार्यालयबाट चोरी भएको समान सहित चोर पक्राउ
काठमाडौँ । गत सोमबार टोखा संस्कृति संरक्षित क्षेत्र विकास समिति, टोखाको कार्यालयबाट चोरी भएको समान सहित चोर पक्राउ परेको छ । उनलाई आज विहान घरबाट चोरीको सामान सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाजुरा जिल्ला बुढीनन्दा नगरपालिका( १०, पाण्डुशेन घर भई हाल टोखा(२ घसु द्वंमा बहालमा बस्दै आइरहेका २० वर्षिया प्रेम रोक्काया रहेको प्रहरीले जनाएको छ । भाद्र २६ गते मध्य रातको समयमा कार्यालयको झ्यालबाट पसेर सरसामान चोरी गरेको आरोप रोकाया माथि छ ।
टोखा संस्कृति संरक्षित विकास समिति, नेवाः गुथि तोखाका सदस्यहरु र प्रहरीले रोक्कायालाई चोरिएका सामानसहित पक्राउ गरेको छ । कार्यालयबाट कम्प्युटर सेट चोरी भएको थियो ।
चोरिएका सामान सामाजिक सञ्जाल फेसबुकमा बिक्रीका लागि पोष्ट गरिएको थियो । टोखा(३ निवासि बुद्ध श्रेष्ठले सामान देखेपछि संक्का लागेर टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्षलाई सोको बारेमा जानकारी दिए पछि आज विहान निजको कोठामा गएर खानतलासी गर्नेक्रममा लुकाइछिपाई राखेको अवस्थामा बरामद गरेको हो । केही दिन पहिले उनले श्रेष्ठको टोखा(३ जरंछेँमा रहेको पसलबाट पैसा चोरी गरेको समेत श्रेष्ठले बताए ।
रोक्कायालाई नियन्त्रणमा लिई चोरी शीर्षक मुद्दामा म्याद गरी अनुसन्धान गरिरहेको महानगरीय प्रहरी प्रभाग टोखाका वरिष्ठ प्रहरी नायव निरिक्षक जयबहादुर सिंले टोखा टाइम्सलाई जानकारी दिए ।
विगत केही समय यता टोखामा चोरीको घटनामा वृद्धि भएको छ । यसको नियन्त्रणका लागि सर्वप्रथम घरधनी सर्तक हुनु पर्ने र स्थानीय सरकारले टोल, चोक र मुख्य सडकहरुमा सीसी क्यामराको व्यवस्थापनका साथै प्रहरीको नियमित गस्ती गराउनु पर्ने टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले बताए ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #टोखाको कार्यालयबाट चोरी भएको समान सहित चोर पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्