गल्ली मिचेर बनाइएका घर र टहरामा चल्यो महानगरको डोजर
काठमाडौ । काठमाडौं महानगरपालिकाले ६ मिटर बाटो रहेको थापागाउँ क्षेत्रको गल्ली मिचेर बनाइएका घर र टहरामा डोजर चलाएको छ ।
थापागाउँ क्षेत्रमा सडक मिचेर बनाइएका तीन वटा पक्की घर र दुई वटा टहरामा डोजर लगाएर हटाएको महानगरले जनाएको छ ।
आज महानगरपालिकाले सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन डोजर चलाएको हो । डोजर चलिसकेपछि स्थानियहरुले सामानहरु पन्छाउने र सफा गर्ने कार्यहरु गरिरहेका छन् ।
पछिल्लो समय काठमाडौं महानगरभित्र बनाइएका अनाधिकृत संरचना हटाउने अभियानलाई महानगरले तिब्रता दिएको छ । यही भदौ ६ गतेदेखि सुरु गरेको अभियानअन्तर्गत कामपाले १९ ठाउँका बेसमेन्ट तथा जमिन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ भने २० ठाउँका मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका, #गल्ली मिचेर बनाइएका घर र टहरामा चल्यो महानगरको डोजर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्