भ्रष्टाचारले नेपालको प्रजातन्त्र खतरामा : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ
काठमाडौं । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालमा भ्रष्टाचार मौलाएको बताएका छन् । उनले भ्रष्टाचारबाट कसरी निस्कने भन्ने मुख्य चुनौतिको विषय बनेको बताउँदै मावन तथा संवैधानिक अधिकार, प्रजातन्त्र, समृद्धिका सपना र गरिबी निवारणका कार्यक्रमहरु पनि यसैको शिकार बनेको जिकिर गरे ।
शुक्रबार नेपाल अर्बुद रोग निवारण संस्थाको वार्षिकोत्सवमा बोल्दै श्रेष्ठले नेपालको प्रजातन्त्रको खतरा छापामार युद्धबाट नभई भ्रष्टाचारबाट रहेको उल्लेख गरे । भ्रष्टाचार सुक्ष्म र वृहत रुपमा रहेको बताउँदै समावेशिताको सिदान्तमा भ्रष्टाचारनै रहेको उनले ठहर छ ।
नेपालको सबैभन्दा ठूलो खतरा यहि छ , नेपाली प्रजातन्त्रको खतरा छापामार यूद्धबाट छैन बाहिरबाट यो देशको स्वतन्त्रको त्यस्तो ठूलो धम्की छ जस्तो लाग्दैन । धम्की हामीसँगै छ । हामीहरु माझ हुर्किरहेको यो भ्रष्टाचारकै छ । सुक्ष्म रुपमा पनि छ । बृहत रुपमा पनि छ । नडराई घुष खाने पनि छन् लुकीलुकी घुष खाने पनि छन् । समावेशिताको सिदान्तलाई पनि त्यहाँनि भ्रष्टाचारनै छ ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संसद अनउत्पादक बनेको र गनुपर्ने काम नगरेको गुनासो गरेका छन् । उनले न्यायपालिकाले ब्यहोरेको क्षतिलाई न्यूनिकरण गर्ने कोशिस नगरे प्रजातन्त्र र विकास सम्भव नहुने दाबी गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, #भ्रष्टाचारले नेपालको प्रजातन्त्र खतरामा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्