भृकुटीमण्डपमा हस्पिटालिटीसम्बन्धी मेला, घोरिवालाको सामान खरिदमा ३० प्रतिशत डिस्काउण्ट
काठमाडौं । घोरिवाला मार्टले हरेक सामान खरिदमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी सेञ्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२मा स्टल नम्बर १३२ मा रहेको घोरिवाला मार्टले हरेक सामानको खरिदमा ३० प्रतिशत छुटको व्यवस्था गरेको हो । विगत ४५ वर्षदेखि सेवा दिँदै आएको घोरिवाला मार्टमा ओशन ग्लासवेयर, रोयल थाई पोर्सिलेन, रोयल स्टिल, बारवेयर र एक्सेसरीज, क्रिस्टल, डेकोर, कार्पेट, होटेलवेयर, डिनरवेयर, ब्ल्यान्केट,गलैंचा, बेडसिट घर सजावट र उपहार वस्तुहरूका थोक तथा खुद्रामूल्यमा पाइन्छ ।
हामीले तीन तारे, पाँच तारे, सात तारे होटलहरूका लागि चाहिने किचेन लगायतका हरेक सामान सुपथ मूल्यमा विक्री गर्दै आइरहेको छौं, मार्टका निर्देशक विनय घोरिवालाले भने, ‘विगत ४५ वर्षदेखि हामीले सेवाग्राहीलाई सन्तुष्ट बनाउँदै आएका छौं । ’ ग्राहकको सन्तुष्टिलाई मध्येनजर गर्दै उकृत्ट सामानहरू विक्री वितरण भइरहेको उनको दाबी छ । यसका साथै घोरिवालाले बेला बेलामा विभिन्न स्किमहरू पनि सञ्चालन गर्दै आइरहेको छ ।
शुक्रबारदेखि भृकुटीमण्डपमा सुरू भएको सेञ्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२मा अवलोकनमा आउने ग्राहकको सन्तुष्टी नै आफूहरूको चाहना भएको निर्देशक घोरिवाला बताउँछन् । मेलामा आगन्तुकहरूले खाना, पेय पदार्थ, र आतिथ्य उत्पादन ता सेवाहरूको बारेमा विस्तृत रूपमा बुझ्न पाउनेछन् । मेला तीन दिनसम्म चल्नेछ ।

क्याटेगोरी : समाचार
ट्याग : #भृकुटीमण्डपमा हस्पिटालिटीसम्बन्धी मेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्