अनसन बसिरहेका गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै
काठमाडौं । स्वास्थ्य सेवा सुधारको माग गर्दै २० औं पटक अनसन बसिरहेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
ल्य मभकअचष्उतष्यल बखबष्बिदभि।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगर धनगढीमा अनसन बसेका डा। केसीको स्वास्थ्यमा समस्या देखिएपछि तेस्रो दिनबाट सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ । तर डा केसीले औषधि लिन नमानेका कारण स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । सेती प्रादेशिक अस्पतालका अनुसार डा। केसीको शरिरमा पोषणतत्व र पानीको मात्रा कम हुँदै जाँदा स्वास्थ्य अवस्था जटिलता बढ्दै गएको हो ।
ल्य मभकअचष्उतष्यल बखबष्बिदभि।
डा। केसीको शरिरमा पोषणतत्व र पानीको असुन्तलनले बेहोस हुन सक्ने, कम्पन हुन सक्ने ९सिजर०, रोगसँग लड़न सक्ने क्षमता कम भई विभिन्न संक्रमण हुन सक्ने, मुटुको धड्कन, श्वासप्रश्वास र रक्तचाप गडबढ भई अंग र प्रणालीमा खराबी हुन सक्ने वा ज्यान जोखिममा पर्न सक्ने अस्पतालले जनाएको छ ।
केसीले मुखबाट पानी र नशा वा रिङगर ल्याक्टेट बाहेक कुनै पनि पद्धार्थ लिन अस्विकार गरेको अस्पतालले जनाएको छ ।
ल्य मभकअचष्उतष्यल बखबष्बिदभि।
डा। केसीका सहयोगी अमृत जैसीले स्वास्थ्य अवस्था बिग्रिदै गएको जानकारी दिए । उनले डा। केसीले औषधि लिन नमानेका कारण स्वास्थ्य अवस्था बिग्रिदै गएको बताए । अनसन बसेको आज ५ औं दिन बित्दा पनि सरकारी पक्षले कुनै पनि औपचारिक वार्ता गरेको छैन् ।

क्याटेगोरी : समाचार
ट्याग : #hot, #अनसन बसिरहेका गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै, #डा. गोविन्द केसी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्