लागूऔषध सहित पाँच जना पक्राउ
काठमाडौं । मोरङ, बाँके ,झापा र पर्सा, बाट लागूऔषध सहित पाँच जना पक्राउ परेका छन् ।
मोरङ बिराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट करिब १ ग्राम ४८मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सुनसरी इटहरी उपमहानगरपालिका–४ बस्ने २२ वर्षीय विशाल भुजेललाई प्रहरीले पक्राउ गरेको छ । को.३५ प २२६६ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण ब्यूरो
बिराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक भुजेललाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह चेक प्वाईन्टबाट करिब ४ ग्राम ५०० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित खजुरा गाउँपालिका–४ एलगाउँ बस्ने २९ वर्षीय आसिश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाटखटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका–४ आगमन सदभाब टोल बस्ने ३८ वर्षीया सुगन्दा
(मण्डल) अन्सारी समेत २ जनालाई करिब १ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका–१० पानी टंकीबाट नियन्त्रित लागूऔषध डाईजेपाम
१ हजार १ सय एम्पुल, नुर्फिन १ हजार १ सय एम्पुल र फेनारगन १ हजार १ सय एम्पुल सहित सोही महानगरपालिका–३ छप्कैया बस्ने ३६ वर्षीय बजिर अंसारीलाई
प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #लागूऔषध सहित पाँच जना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्