स्वरोजगार श्रमिकको बाध्यतालाई बुझ्न बालेनसँग बाबुरामको आग्रह
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वरोजगार श्रमिक व्यवस्थापन गर्न माग गरेका छन् ।
काठमाडौं महानगरका मेयर बालेन शाहसँग उनले स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न माग गरेका हुन् ।
डा. भट्टराईले बालेनले गरेका कार्यहरुको पनि प्रशंसा र समर्थन गरेका छन् ।
ट्वीटरमार्फत भट्टराईले स्वरोजगार श्रमिकको बाध्यतालाई बुझ बालेनसँग आग्रह गरेका हुन् ।
‘काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन शाहका पहल प्रशंसनीय छन्,’ उनले आज बिहान एक ट्वीटमा लेखेका छन्, ‘फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन् ।’
बालेनलाई भट्टराईले भनेका छन्, ‘अतः निश्चित ठाउँ/समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ ।’
क्याटेगोरी : समाचार
ट्याग : #डा . बाबुराम भट्टराई, #बालेन शाह, #स्वरोजगार श्रमिकको बाध्यतालाई बुझ्न बालेनसँग बाबुरामको आग्रह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्