डेंगु संक्रमितका लागि काठमाडौं महानगरद्वारा २४ घण्टे हटलाइन सेवा सुरु
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले डेंगीका बिरामीले आवश्यक पर्दा १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सक्ने बताए ।
मेयर शाहले डेङ्गु फैलिरहेको अवस्थामा त्यसको रोकथाम र नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता छ र त्यसको लागि महानगरपालिकाले आवश्यक कदम उठाएको बताएका छन् ।
उनले डेङ्गु संक्रमितहरुका लागि आजबाट २४ घण्टे हटलाइन सुरु गरेको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् ।
उनले संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट नै परामर्श पाउन सक्ने व्यवस्था पनि गरेका छन् । यो सँगै डेङ्गु विरुद्धमा टोल टोल वा सामूदायीक रुपमा नै सक्रिय भएर लाग्न मेयर बालेनले नगरबासिहरुलाई अपिल समेत गरेका छन् ।
मेयर शाहले पहिलेदेखि भइरहेका रोकथामका कार्यक्रमहरुलाई थप विस्तार गर्दै नयाँ कार्यक्रमहरु पनि ल्याएर स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग गर्ने पनि बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगर, #काठमाडौँं महानगरपालिका, #डेंगी, #बालेन शाह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्