Techie IT
बिहीबार, कात्तिक २७,२०८३

टीकापुर हत्याकाण्डको मुद्दा फिर्ता गर्दै सरकार


काठमाडौं । सरकारले टीकापुर हत्याकाण्डसम्बन्धी मुद्दा खारेजी गरे तयारी अघि बढाएको छ ।

भदौ २७ गते बसेको मन्त्रिपरिषद बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेसँगै प्रक्रिया अघि बढाइएको हो ।

त्यस घटनाका विवादित मुद्दा फिर्ता लिने सरकारले तयारी गरेको हो ।

मुद्दा खारेजीका लागि सरकारले गृहमन्त्रालयलाई निर्देशनसमेत दिइसकेको बताइएको छ ।

यसका साथै सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र स्वतन्त्र समूहको मुद्दा खारेज गर्ने निर्णय गरेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टीकापुर हत्याकाण्डको मुद्दा फिर्ता गर्दै सरकार


तपाईको कमेन्ट लेख्नुहोस्