अवैध लागूऔषध सहित १० जना पक्राउ
काठमाडौं । अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछाप, खाँडादेवी गाउँपालिका–३ आँपचौर बस्ने ४९ वर्षीय नवराज खत्री रहेका छन् ।
अवैध लागूऔषध गाँजा २ किलो ५ सय ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको सोही ठाउँस्थित किनारा पसलमा लागूऔषध लुकाई राखेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खाँडादेवीबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
महोत्तरी, जलेश्वर नगरपालिका–३ मलिबाराबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ हजार ४ सय ट्याब्लेट सहित सोही नगरपालिका–३ बस्ने रामजी मण्डल भन्ने ४८ वर्षीय ठेलुया मण्डललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ठेलुयाको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
पर्सा, पर्सागढी नगरपालिका–२ बागवानाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु १३ किलो ८ सय ग्राम सहित मकवानपुर मनहरी गाउँपालिका–८ बस्ने ४२ वर्षीया कल्पना मोक्तान लगायत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जितपुरबाट मनवातर्फ आउँदै गरेको ना.२ ह ३१८६ नम्बरको अटोलाई अस्थाई प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी पर्सा, वीरगंज महानगरपालिका–१७ अलौबाट नियन्त्रित लागूऔषध फेनारगन २ सय ५० एम्पुल, डाईजेपाम २ सय ५० एम्पुल र नुर्फिन २ सय ५० एम्पुल सहित सोही महानगरपालिका–११ राघेमाई बस्ने ३७ वर्षीय पारस महतो लगायत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एबी ५३११९ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
भक्तपुर, चाँगुनारायण नगरपालिका–८ जितपुरबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ग्राम सहित सोही नगरपालिका–७ बागेश्वरी बस्ने २४ वर्षीय सबिन जंग ढुंगाना लगायत २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । बा.७७ प ३९७६ नम्बरको स्कुटरलाई प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरको डिक्कीमा लुकाई ल्याएको उक्त गाँजा सहित स्कुटरमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #अवैध लागूऔषध सहित १० जना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्