राजनीतिक क्रान्ति सकियो अब आर्थिक क्रान्ति गर्नुपर्छ: प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक क्रान्ति सकिएकाले अब आर्थिक क्रान्ति गर्नुपर्ने बताएका छन् ।
पार्टी निकट नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनमा बोल्दैे प्रचण्डले देशलाई आर्थिक समृद्धितिर लैजान र कुशासनको अन्तका लागि राजनीतिक सुधारको अभियान सुरु गर्न आफूले केही मिसन र भिजन तयार पारेको बताए ।
महाधिवेशनको उद्घाटनसत्रमा बोल्ने उद्योगीहरुले पार्टीले आफूहरुलाई बेवस्ता गरेको गुनासो गरेपछि प्रचण्डल,े आजदेखि मैले पत्याँए, तपाईहरुलाई पार्टीमा पनि सरकारमा पद हुन्छ भन्दै जवाफ दिए ।
“कृष्ण आर्चले भन्न्नु भयो पार्टीले किन हो मैले बुझेको छैन् हामीलाई अरुले कत्रो सम्मान दिन्छन् ठुलो ठुलो पदमा लान्छन् तर हाम्रो पार्टी यही विचार यही पार्टी भनेका छौं । यहि नेतृत्वले नै देशमा परिवर्तन र समृद्धि ल्याउने हो भनेका छौं तर किन हो भन्नु भयो उहाँले मैले अघि पनि भने त्यती मैले नपत्यार पनि हो । ल आज देखि मैले पत्याँए पार्टीमा पनि पद हुन्छ । तपाईहरुलाई भोली सरकारमा पनि पद हुन्छ । किनभने तपाँईहरुले आजबाट पार्टीको विश्वास जित्नु भएको छ ।”
उनले देशको विकासले गति लिन नसक्नुको प्रमुखकारण देशमा भएका स्रोत साधनको सहि सदुपयोग गर्न नसक्नु भएको बताए ।
हाम्रो समस्या भनेको रानजीति हो । जब सम्म राजनीति ठिक ट्याकमा अगाडी बढ्दैन् सबै सम्भावा भएर पनि नेपालमात्र नभई विश्वका जुनसुकै देशले पनि स्रोत साधनको सहि सदुपयोग नगरे देशलाई विकासको गती र स्वरोजगार प्रदान गर्ने र समृद्धि तिर लान सक्दैन् ।
प्रचण्ड हुँदासम्म देशमा सुःख शान्ति आउँदैनन् भन्ने भ्रष्ट दलालहरुलाई टिक्न नदिने उद्घोषसमेत गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा ( माओवादी केन्द्र, #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्