नेपालीको भान्छा नचल्ने अवस्था आयो: पूर्व गर्भनर क्षेत्री
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दीपेन्द्र बहादुर क्षेत्रीले अर्थतन्त्र खस्कँदै गएपछि सबैभन्दा तुच्छ भनिएको गुन्द्रुक पनि चाइनाबाट आयात हुने र नहँुदा नेपालीको भान्छा नचल्ने अवस्था आएको बताएका छन् ।
नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनमा बोल्दै पूर्व गर्भनर क्षेत्रीले बाहिरबाट आएको समान खरिद गर्न पायो भने अलिअलि बोसो निकाल्न पाउने भएपछि नेपालमा उत्पादन भएको समान खरिद गर्नै नमान्ने र बिभिन्न बहाना बाजी गरेर पञ्छिने प्रवृत्ति अहिले पनि कायम रहिआएको दाबी गरे ।
“बाहिरबाट आएको समान खरिद गर्न पायो भने अलि –अलि बोसो निकाल्न पाउने रैछ । नपाउने भएपछि नेपालमा उत्पादन भएको समान खरिद गर्न जहिले पनि आनाकानी गर्ने अनि मुल्यांकन गर्ने बेलामा राम्रो समान भएन भनेर जाने प्रचलन छ । घाटा मात्रै हेर्ने हो भने सबैभन्दा तुच्छ भनिएको तर अहिले ठुला—ठुला होटल र दरबारमा प्रवेश गरेको त्यो गुन्दु्रक समेत हामीले चाँईनाबाट आयात नगरि हाम्रो भान्छा चल्दो रहेनछ ।”
हामीले लगाउने जनै र रक्षाबन्भनमा बाँध्ने डोरी समेत चिनबाट आयात हुनेगरेको पिडम्बना नेपालको रहेको उल्लेख गर्दै उनले आर्थिक विकास नभएसम्म हाम्रो जाँगर नचल्ने र अहिले जम्मा व्यापार १९ खर्बको छ, भने १७ खर्बको व्यापार घाटा मात्रै भएको गर्भनर क्षेत्रीको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पूर्व गर्भनर दीपेन्द्र बहादुर क्षेत्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्