युक्रेनका राष्ट्रपति जेलेन्स्की चढेको कार दुर्घटना
अन्तराष्ट्रिय । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ । कार दुर्घटनामा परेको सरकारका प्रवक्ताले जानकारी दिएका हुन् ।
मिडियासँग संक्षिप्त कुराकानी गर्दै सर्गेई निकिफोरोभले भने, एक निजी कारसँग राष्ट्रपति सवार भएको गाडी ठोक्किएको थियो। उनले भने ‘राष्ट्रपतिलाई डाक्टरले चेकजाँच गरेका छन् र उनलाई कुनै गम्भीर चोटपटक लागेको छैन । राष्ट्रपतिको गाडीसँग ठोक्किएको निजी कारका मालिक पनि घाइते भएका छन् । उनलाई उपचारका लागि एम्बुलेन्समार्फत अस्पताल लगिएको थियो ।
यस दुर्घटनाका सबै पक्षको विस्तृत अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् । प्रवक्ताले थप विवरण भने दिएका छैनन् । यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की युक्रेनी सेनाले रुसको कब्जाबाट मुक्त गराएको इजियम सहर पुगेका थिए ।
आफ्नो भ्रमणका क्रममा जेलेस्कीले रुसमाथि आक्रमण गर्ने सैनिकलाई धन्यवाद दिए । यस बाहेक उनले युक्रेनको झण्डा फहराउने कार्यक्रममा पनि भाग लिएका थिए । युक्रेनी अधिकारीहरूले उनीहरूले डोनबासका क्षेत्रहरूलाई लक्षित गरेको बताएका छन्।
हालैका दिनहरूमा, युक्रेनी सेनाले रूसी सेना रहेको धेरै क्षेत्रहरू कब्जा गरे, त्यहाँबाट उनीहरूले रूसी सेनालाई पराजित गर्न सफल भएका छन् । जेलेन्स्कीले खार्किभको ८,००० वर्ग किलोमिटर क्षेत्रमा आफ्नो पकड बलियो भएको बताए।
क्याटेगोरी : समाचार
ट्याग : #भोलोडिमिर जेलेन्स्की, #युक्रेनका राष्ट्रपति जेलेन्स्की चढेको कार दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्