Techie IT
बुधबार, कात्तिक २६,२०८३

चिनियाँ नेता ली भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता


काठमाडौं। नेपालको चार दिने भ्रमणमा आएका चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सु आज स्वदेश फर्किएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने औपचारिक भ्रमणमा आएका ली भ्रमण सम्पन्न गर्दै बिहीबार स्वदेश फर्किएका हुन् । सोमबार नेपाल आएका लीले नेपालमा उच्चस्तरीय राजनीतिक भेटवार्तामा गरेका थिए ।

लीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

निर्वाचन सम्मुखमा चीनबाट भएको उच्चस्तरीय भ्रमणलाई चासोका साथ हेरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #चीनको जनकांग्रेसका अध्यक्ष ली चान्सु स्वदेश फिर्ता, #ली चान्सु आज स्वदेश फर्किए


तपाईको कमेन्ट लेख्नुहोस्