देशका १० जिल्लामा प्रकोपका रुपमा डेंगू संक्रमण
काठमाडौँ । देशका १० जिल्लामा प्रकोपका रुपमा डेंगू संक्रमण देखा परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. सञ्जय ठाकुरले पछिल्लो २ हप्ताको तथ्याङ्क अनुसार डेंगू सङ्क्रमणको सङ्ख्या काठमाडौँ उपत्यकासहित मकवानपुर, दाङ, रुपन्देही, चितवन, काभ्रेपलान्चोक र तेह्रथुम जिल्लामा बढी देखिएको बताउनुभयो ।
प्रवक्ता डा.ठाकुरले यस वर्ष वर्षायामको सुरुवात भएसँगै डेंगू संक्रमण देखिँदा हालसम्म ११ हजार ६५ जनामा डेंगू संक्रमण भइसकेको र कूल सङ्क्रमितमध्ये ८४ प्रतिशत डेंगूका बिरामी ती १० जिल्लामा पाइएको बताउनुभयो ।
डेंगू लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्नका लागि घर वरपरका खाल्डो पुर्ने, पानी जम्मा हुने ठाउँलाई सुख्खा तथा सफा राख्ने, सुत्दा झुल तथा धूपको प्रयोग गर्ने लगायतका सुरक्षा अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #डेंगू संक्रमण, #देशका १० जिल्लामा प्रकोपका रुपमा डेंगू संक्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्