समाजमा छोराहरु पनि त्रासमा बच्नु परेको छ : मन्त्री उमा रेग्मी
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले अहिले हाम्रो समाजमा बिहान निस्केका छोरीहरुमात्र हैन छोराहरु पनि बेलुका घर आउछन् कि आउँदैनन भन्ने त्रास पैदाभएको बताएकी छिन् । ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा महिला मन्त्रायलले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले यस्तो अपठ्यारो परिस्थितिमा राज्यमात्र होइन, अभिभावकहरु पनि अलिबढी चलाखो हुनुपर्नेमा जोड दिईन ।
‘हाम्रो समाजमा बिहान निस्केका छोरीहरु मात्र हैन छोराहरु पनि बेलुका आउछन कि आउँदैनन भन्ने त्रास छ । यो अत्यन्त अपठ्यारो पस्थिती हो । यस्तो परिस्थितीमा भाईबहिनीहरु आफु पनि सर्तक हुन आवश्यक छ । तपाईहरु आफ्नो भविष्य बनाउने अवस्थामा हुनुहुन्छ । यो बेलामा सजक नभएर आफ्नो पढाईमा ध्यान नदिएर अरु कुरामा ध्यान दिनु भयो भने देश सञ्चालन गर्न र कुशल नागरिक हुने,यस्ता कुरा बाट वञ्चित हुनुपर्छ । यसमा परिवारको त्यतिकै दायित्व छ ।’
अहिलेका बालबालिकाहरु अञ्जानमै गल्ती गरेर अपराधिक कार्यमा सामेल हुँदा जेल सजाय भोग्नु परेको बताउँदै मन्त्री रेग्मीले बालबालिकालाई कसैको लहलहैमा नलाग्न अनुरोध गर्दै आफ्नो सुनौलो भविश्य निर्माणका लागि पढाईमा बढी ध्यान केन्द्रित गर्न आग्रह गरेकी छिन् ।
नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाइँदै आएको छ ।
आज राष्ट्रिय बाल दिवस देभैभर बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाले विभिन्न कार्यक्रम गरी मनाएका छन् ।
यस वर्षको बालदिवसको नारा “बालमैत्री समाजको आधार : जिम्मेवार परिवार उत्तरदायी सरकार” भन्ने मूल नाराका साथ मनाईएको छ । नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाइँदै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #उमा रेग्मी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्