सरकारले विकासमा प्रतिशोध लिन खोज्यो : खगराज अधिकारी
काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएको १६५ निर्वाचन क्षेत्रको रणनीतिक सडकको योजनामा अहिलेको सरकारले चासो नदिएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले विकास निर्माणका आयोजनामा गम्भीर षड्यन्त्र गरेको र सरकारलाई विकास विरोधीको आरोप लगाएका छन् ।
‘अघिल्लो सरकारले रणनीतिक महत्वका सडकहरु १६५ निर्वाचन क्षेत्रमै अगाडि बढायो । आज ती सुुुशुुप्त अवस्थामा छन् । या तिनलाई रोकिएको छ । प्रतिपक्ष प्रतिनिधिसभाका सदस्यहरुले सिफारिस गरेका ठाउँहरुमा बजेट निकासा नदिने वा तिनलाई कामयावी हुन नदिनेसम्मको काम गरिएको छ । सरकार विकास विरोधी हुनु हुँदैन । सरकारले यदि प्रतिशोध साँध्न खोजेको हो भने जनताले यसको जवाफ चाहन्छन् । ’
सांसद अधिकारीले केपी शर्मा ओली नेतृत्वको सरकारले गुठी विधेयक ल्याउँदा त्यसलाई भड्काउनेहरु अहिले सरकारमा रहेको भन्दै गुठी विधेयकको अवस्थाबारे जानकारी मागेका छन्
क्याटेगोरी : समाचार
ट्याग : #खगराज अधिकारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्