भिमसेनथापा २ सिद्दकाली मन्दिर परिसरमा ६१ फिट अग्लो नेपालको झण्डा फहराइयो
गोरखा । गोरखा जिल्ला भिमसेनथापा गाउँपालिका वडा न २ मा अबस्थित सिद्दकाली मन्दिर परिसरमा ६१ फिट अग्लो नेपालको झण्डा स्थापना गरिएको छ । उक्त झण्डा स्थापना गर्ने योजनाको लागि गण्डकी प्रदेशका माननीय रामशरण बस्नेतले ६ लाख बजेट बिनियोजन गर्नुभएको थियो ।
त्यस्तौ भिमसेनथापा गाउँपालिकाको अधिल्लो सरकारले १० लाख बिनियोजन गरेको थियो । वडा न २ बाट १ लाख बजेट बिनियोजन गरिएको वडा अध्यक्ष नारायण भट्टराईले जनकारी दिनुभयो ।
झण्डा स्थापना गर्ने निर्माण समितीमा नारायण लामिछाने,कमल भट्ट ,बिमला लामिछाने, उत्तम लामिछाने , विश्वजित लामिछाने र पुजा समितीका पदाधिकारी रहेका थिए । ११९० मिटरको उचाइमा निर्माण गरिएको उक्त नेपाली राष्ट्रिय झण्डा ६१ फिट अग्लो छ, चौडाइ ४० फिट रहेको छ। झण्डा स्थापनाको लागि १७ लाख खर्च भएको छ ।
गोरखा जिल्ला भिमसेनथापा गाउपालिका वडा न २ अन्तर्गत तान्द्राङ्गकोट धार्मिक रुपले प्रख्यात ठाउँ हो । पृथ्वीनारायण शाह देखिको इतिहास जोडिएको यसभुमि दुल्लभ ऋषि को भुमी हो । दुल्लभ ऋषि पृथ्वीनारायणको विश्वासिलो ज्योतिषी हुन ।
तान्द्राङ्ग कोट गोरखकालीको बहिनीको शक्तिको रुपमा पुजिने गरिन्छ । यसै तान्द्राङ्गकोटमा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ ।
राष्ट्रिय झण्डा फहराउदै बिधिवत रुपमा पुजा गर्दै वडा अध्यक्ष नारायण प्रसाद भट्टराईले नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराउदा सहयोग गर्नुहुने पुर्व प्रदेश मन्त्री रामशरण बस्नेत,पूर्ब गाउँपालिका अध्यक्ष ईश्वर पाण्डे, लगायत स्थानीय सबैलाई धन्यवाद दिए ।
तान्द्राङ्ग कोटमा ६१ फिट अग्लो फहराइएको राष्ट्रिय झण्डासँग जोडिएको राष्ट्रियता स्वाधीनताको महत्वको साथै पर्यटनलाई समेत टेवा पुग्ने विश्वास लिइएको छ ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #६१ फिट अग्लो नेपालको झण्डा स्थापना, #hot, #नारायण भट्टराई, #भिमसेनथापा गाउँपालिका, #सिद्दकाली मन्दिर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्