महानगरको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ नियुक्त
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्व प्रहरी वरिष्ठ उपरीक्षक जगतमान श्रेष्ठलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको छ । प्रमुख स्तरीय निर्णयबाट उहाँलाई आज नियुक्त गरिएको हो । प्रशासन विभागले आज नै उहाँको नियुक्त पत्र जारी गरिसकेको छ ।
श्रेष्ठले नेपाल प्रहरी सेवामा हुँदा सेवा र अनुसन्धानका क्षेत्रमा तालिम तथा अनुभव हासिल गर्नुभएको छ । उहाँले प्रहरी अधिकृतको आधारभूत तालिमसँगै मानव अधिकार तथा कानुन कार्यान्वयन, प्रहरी व्यवस्थापन, विपद व्यवस्थापन, अपराध अनुसन्धान, विशिष्ट सवारी परिचालनलगायत विषयमा तालिम गर्नुभएको छ । यसै गरी भारतबाट ट्राफिक व्यवस्थापन, चीनबाट विकासोन्मुख देशमा ट्राफिक प्रशासन, दक्षिण अफ्रिकाको जाम्बियाबाट ट्राफिक सडक सुरक्षा विषयमा तालिम लिनुभएको छ ।
यस्तै उहाँले यातायात र सडक व्यवस्थापन तथा सुरक्षाका अन्य दर्जन बढी शीर्षकमा तालिम लिनुभएको छ । उहाँले तालिम लिनुभएका अन्य विषयमा दुर्घटनाका सिद्धान्त, आचरण र जोखिमका सिद्धान्त, विश्व इतिहासमा ट्राफिक, यातायात व्यवस्थापनलगायत छन् ।
सन् २००१ मा संयुक्त राष्ट्र संघीय मिसन कोसोभोमा उहाँले भाग लिइसक्नु भएको छ । उत्कृष्ट कार्य सम्पादनवापत उहाँले नेपाल सरकारले प्रदान गर्ने गोरखा दक्षिण बाहु र संयुक्त राष्ट्र संघले प्रदान गर्ने पदक पाउनु भएको छ । यस्तै विदेश सेवा पदकबाट सम्मानित भइसक्नु भएको छ ।
उहाँले मोन्जाम्बिक, तान्जानिया, बुल्गेरिया, स्वीडेन, डेनमार्क, ब्राजिल, हङ्गेरी, क्यानाडालगायत दर्जन बढी देशहरुको भ्रमण गरिसक्नुभएको छ ।
उहाँले उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको रुपमा काम गरिसक्नु भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका, #महानगरको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ नियुक्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्