अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रीयो
काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहितको माग राख्दै २० औं पटक अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रीएको छ ।
सोमबारबाट प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगर धनगढीमा अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रीएको हो। आज नियमित जाँच गर्दा रगतमा गुलुकोजको मात्र कमी र पिसाबको समस्या देखिएको चिकित्सकले बताएका छन् ।
चिकित्सकको टोलीले अस्पताल भर्ना गर्न भनेपनि केसीले अस्विकार गरेका छन् । अवस्था जटिल भएपनि आफूलाई कुनै औषधि नचढाउन उनले आग्रह गरेको केसीका सहयोगी अमृत जैसीले जानकारी दिए ।
आफ्ना माग र आफूसंग गरिएका सहमति कार्यान्वयनको माग राख्दै डा. केसी धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसनरत रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रीयो, #डा. गोविन्द केसी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्