Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

 डेंगु नियन्त्रणका लागि सरकारले के गरेको छ : प्रेम सुवाल


काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले महामारीको रुपमा फैलिएको डेंगु रोग नियान्त्रणका लागि सरकारले गरेको काम र अहिलेको अवस्थाबारे संसदलाई जानकारी गराउन माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सुवालले डेंगु रोगका कारण जनताहरुको मृत्यु भैरहेको अवस्थामा यसलाई नियन्त्रण गर्न सरकारले के काम गरिरहेको छ भनेर स्वास्थ्य मन्त्रीले सदनलाई जानकारी गराउनपर्ने माग राखेका हुन । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै स्वास्थ्य मन्त्रीमाथि प्रश्न उठाएका छन् ।

‘कोरोना पछि डेंगु रोगले जनता एकदमै पीडित छन । अस्पतालहरुमा शय्याको अभाव छ । स्वास्थ्यमन्त्रीज्यूले के छ देशका स्थिति यो त महामारीको रुपमा फैलिँदै छ । स्वास्थ्य मन्त्रालय नभएको जस्तो भयो । स्वास्थ्य मन्त्रालयका लागि त बजेट धेरै छुट्टयाइएकै हो । तर स्वास्थ्य मन्त्रालयको प्रभावकारिता देखिएन, मन्त्रीज्यूको नेतृत्व देखिएन । जनताको मृत्यु भईरहेको छ डेङगुको कारण सामान्य रोग हो यो सरसफाई गरेको खण्डमा यो रोगबाट मृत्यु हुँदैन तर यति पनि स्वास्थ्यमन्त्रालयले नगरेको देखियो ।’
साथै उनले सबै दलले समाजवादी व्यवस्थाको विचारधारा अपनाएको भएपनि त्यसलाई जनजीवनमा कार्यान्वयन गर्न कुनै काम नगरेको आरोप समेत लगाए ।


क्याटेगोरी : समाचार
ट्याग : #डेंगु नियन्त्रणका लागि सरकारले के गरेको छ, #प्रेम सुवाल


तपाईको कमेन्ट लेख्नुहोस्