Techie IT
मंगलबार, मंसीर २,२०८३

नागरिकता विधेयकलाई चाडै नै प्रमाणिकरण गरिदिन राष्ट्रपतिलाई अनुरोध


काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले नागरिकता विधेयकलाई चाडै नै प्रमाणिकरण गर्न राष्ट्रपतिलाई अनुरोध गरेका छन् । आज बसेको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद शाहले नागरिकता विधेयकलाई प्रमाणिकरण गरिदिएर नागरिकताबिहीन नागरिकलाई राहत दिलाउन अनुरोध गरेका हुन् ।

नागरिकता विधेयक धेरै नागरिकहरुले नागरिकता पाएका छैनन् । यो विधेयक सम्माननीय राष्ट्रपति ज्यू कहाँ छ । त्यो चाडै नै प्रमाणिकरण भएर पठाएपछि धेरै नेपालीहरु जुन नागरिकता बिहीन छन्,उनीहरुलाई ठूलो राहत तथा गुन लाग्ने थियो । त्यसकारण सम्माननीय राष्ट्रपति ज्यूलाई विनम्र अनुरोध गर्न चाहान्छु, कि यो विधेयक चाडै प्रमाणिकरण गरिदिनुहुन म अनुरोध गर्न चाहान्छु ।
उनले आगामी निर्वाचनमा सांसदहरुलाई पून निर्वाचित भएर आउन शुभकामना दिएका छन् । साथै, उनले संसदलाई कुशलतापूर्वक सञ्चालन गर्ने सभामुख, उपसभामुख तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #सांसद भरतकुमार शाह


तपाईको कमेन्ट लेख्नुहोस्