बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत दिलाउन माग
काठमाडौं । नेकपा एमालेकी सांसद बिमला बिकले बर्दीयामा बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत दिलाउन माग गरेकी छन् । उनले भदौं २६ गते मधुवन नगरपालिका–२ का ६१ वर्षीय झुठारु चौधरी भैसी चराउन लागिरहेको बेला निकुञ्जतर्फबाट आईरहेको बाघल आक्रमण गरेको बताउँदै राहत दिलाउन माग गरेकी हुन् ।
भदौंको २६ गते बर्दीया जिल्लाको मधुवन नगरपालिका–२ का ६१ वर्षीय झुठारु चौधरी भैसी चराउन लागिरहेको बेला निकुञ्जतर्फबाट आईरहेको बाघले बेपत्ता पार्यो । भोली शरीरका अंगहरु विभत्सरुपमा फेला परे, उक्त दुःखद घटनाबाट मृत्यु वरण गर्नुभएका चौधरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहान्छु र मृतकका परिवारलाई अभिलम्ब राहत र क्षतिपूर्ति दिलाउन राज्यसँग माग गर्न चाहान्छु ।
बर्दियाको मधुवन नगरपालिका–२ अमरपुरका ६१ वर्षीय थारु भैंसी चराउन गएको समयमा एक्कासी बाघले आक्रमण गरेको थियो । त्यसको भोलीपल्ट शरिरका अंगहरु विभत्सरुपमा फेला परेका थिए ।।
क्याटेगोरी : समाचार
ट्याग : #बाघ, #सांसद बिमला बिक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्