Techie IT
मंगलबार, मंसीर २,२०८३

स्रोत नखुलेको रकम सहित पक्राउ


सप्तरी । स्रोत नखुलेको रकम १ लाख ४४ हजार नेपाली रुपैयाँ र १० हजार भारतीय रुपैयाँ सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत घर भएका ३६ वर्षीय मो.समसुर समेत २ जना रहेका छन् ।
राजविराज नगरपालिका–५ कुनौलीबाट स्रोत नखुलेको बीआर ०७ एक्यू ५१९९ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #स्रोत नखुलेको रकम सहित पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्