एनआरएनए युकेका अध्यक्ष गाहामगर बर्खास्त
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहामगर बर्खास्तीमा परेका छन् । एनआरएनए केन्द्रले संघको हितविपरितका गतिविधि गरेको ठहर गर्दै उनलाई बर्खास्त गरेको हो । संघका महासचिव गौरीराज जोशी र महासचिव डा केशव पौडेलद्वारा हस्ताक्षरित पत्रमा अध्यक्षको रुपमा मगरले संघको विधान विपरित विवादास्पद, गैर जिम्मेवार र अवाञ्छित कृयाकलापमा संलग्न भएको ठहर गरिएको छ ।
सोही अनुसार यसअघि नै गैरआवासीय नेपाली संघ युकेको कार्य समितीको बहुमतको निर्णय उनलाई अध्यक्षको रुपमा अविश्वास गरी कारवाही गरेको थियो । सो सम्बन्धमा गैरआवासीय नेपाली संघ संयुक्त अधिराज्यको विधान २००५ (२०१७ को संसोधन सहित) को धारा ४१ अनुसारको पत्र केन्द्रमा आएपछि अध्ययन गर्दा कारवाही गर्नु पर्ने प्रयाप्त आधार र कारणहरु देखिएको संघले जनाएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #गैरआवासीय नेपाली संघ, #प्रेम गाहामगर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्