सार्वजनिक ऋण व्यवस्थापन विधेयक राष्ट्रिय सभा बाट सर्वसम्मपतिले स्वीकृत
काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकले अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ लाई सर्वसम्मपतिले स्वीकृत गरेको छ ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति डा वेदुराम भुसालले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो ।
त्यसैगरी राष्ट्रियसभाका सचिव राजेन्द्र फयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ सभासमक्ष टेवल गर्नुभयो ।
बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट विभिन्न विधेयक प्रमाणिकरणसम्बन्धी प्राप्त पत्र पढेर सुनाउनुभयो ।राष्ट्रियसभाको अर्को बैठक भदौ ३० गते दिउँसो २ः५९ मा बस्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय सभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्