Techie IT
बिहीबार, कात्तिक २७,२०८३

उपत्यकाका भित्री सडकहरुमा सवारी आवागमन प्रभावित


काठमाडौं । आज पनि काठमाडौं उपत्यकाका भित्री सडकहरुमा सवारी आवागमन प्रभावित भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचना अनुसार बिहान नौ बजेदेखि काठमाडौंको कालिमाटीदेखि भक्तपुरको सल्लाघारीसम्म र दिउँसो साढे तीन बजे आसपास कालिमाटीदेखि महाराजगञ्जसम्मको सडकमा आवागमन प्रभावित हुने जनाएको छ ।

नेपाल भ्रमणमा रहेको चिनियाँ जनकंग्रेसका अध्क्ष ली चान्सु नेतृत्वको प्रतिनिधि मण्डल आज बिहान भक्तपुर भ्रमणमा जाने र दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने कार्यक्रम भएकाले सवारी आवागमन प्रभावित हुने भएको हो ।
यी समयमा वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले सबैलाई अनुरोध समेत गरेको छ ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उपत्यकाका भित्री सडकहरुमा सवारी आवागमन प्रभावित


तपाईको कमेन्ट लेख्नुहोस्