नेकपाको राजनीतिक प्रतिवेदन गायबः अध्यक्षद्वय ओली र प्रचण्डबीच नै मनमुटाव
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीभित्र राजनीतिक प्रतिवेदनको खोजी शुरु भएको छ । स्थायी समिति बैठकमा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित प्रकाशित गर्ने निर्णय गरेको एक महिना बितिसक्दा पनि राजनीतिक प्रतिवेदन सार्वजनिक हुन सकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसून रायमाझीले लेखेका छन् ।
गत मंसिर २९ गतेबाट शुरु भएको स्थायी समितिको बैठक पुस ९ गते सकिएको थियो । बैठकले अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जन गर्न सुझाव दिएको थियो । सुझावलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले स्वीकार गर्नुभएको थियो ।
स्थायी समिति बैठकले गरेको निर्णयअनुसार राजनीतिक प्रतिवेदन सचिवालयमा पेस गर्नुपर्ने भएपछि अध्यक्षद्वयले प्रतिवेदनलाई अझै पूर्णता दिन सक्नुभएको छैन ।
शीर्ष नेतृत्वमा देखिएको विवादका कारण पार्टीको सांगठनिक एकता प्रक्रिया लम्बिदैँ आएको छ भने राजनीतिक प्रतिवेदनले समेत पूर्णता पाउन सकेको छैन । स्थायी समितिको बैठकमा नेताहरुले अध्यक्षद्वयले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदनको चर्को आलोचना भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपाको राजनीतिक प्रतिवेदन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्